नेप्सेमा २३ अङ्कको गिरावट

२०८१ असोज १३ आइतबार १५:१८:०० मा प्रकाशित

काठमाडौँ। नेप्सेमा आज २३ अङ्कको गिरावट आएको छ । बिहीबार नेप्से २३.१० अङ्कले घटेर २४६३.६६ विन्दुमा रोकिएको हो।

आज ३२७ कम्पनीको कारोबार हुँदा एक करोड २ लाख ९१ हजार ८९६ कित्ता शेयर ४ अर्ब ४ करोड १३ लाख २  हजार ३५ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मूल्यमा सबै भन्दा बढी ६.५५ प्रतिशतले बढेको छ । त्यस्तै, आज अपर स्यांगे हाइड्रोको शेयर मूल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले घटेको छ।

त्यसै गरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ९२ लाख २३ हजार ८२० बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी ४ लाख ८७ हजार ९४१ कित्ता शेयर कारोबार भएको छ ।