स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
कम्पनीले आफ्नै कार्यालय बालुवाटार, काठमाडौंमा एफपीओ बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको आइपीओमा मागभन्दा ११९।८५ गुणा बढी आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाद्धारा बाँडफाँड हुनेछ ।
कम्पनीको आइपीओमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १९ हजार ५७७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली हुनेछ ।
लघुवित्तले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो ।