संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउन सक्दैन : देउवा
2025-03-19-04-29-20.jpeg)
६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताएका हुन् ।
संविधानको यही व्यवस्थाको कारण धेरै मिहिनेत गर्दा पनि कांग्रेसले बहुमत ल्याउन नसकेको उनको भनाइ छ ।
‘कुनै पनि पार्टीको बहुमत आउन धेरै गारो छ । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘त्यसैले हाम्रो पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर, बहुमत ल्याउन सकेको छैन ।’