अमेरिकाले शुक्रबारदेखि नयाँ भन्सार शुल्क लगाउने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार महसुल घोषणा गरेका छन् । ट्रम्पले शुक्रबारदेखि लागु हुने गरी नयाँ भन्सार शुल्क तोकेका हुन् ।
ट्रम्पले बुधबार भारतमाथि २६ प्रतिशत ‘जस्तालाई तस्तै भन्सार महसुल’ ९रेसिप्रोकल भन्सार महसुल० लगाउने घोषणा गरेका छन् । नेपालका लागि नयाँ भन्सार दर १० प्रतिशत लगाइएको छ ।
यस्तै, उनले चीनमाथि ३४ प्रतिशत, युरोपियन युनियनमाथि २० प्रतिशत, दक्षिण कोरियामाथि २५ प्रतिशत, जापानमाथि २४ प्रतिशत, भियतनाममाथि ४६ प्रतिशत र ताइवानमाथि ३२ प्रतिशत भन्सार महसुल लगाउने बताएका छन् ।
ट्रम्पका अनुसार अमेरिकामा आयात हुने सबै सामानमाथि १० प्रतिशत आधारभूत भन्सार महसुल लागू हुनेछ। आधारभूत भन्सार शुल्क अप्रिल ५ को राति १२ः०१ बजेबाट लागू हुनेछ, भने ‘जस्तालाई तस्तै भन्सार महसुल’ अप्रिल ९ को राति १२ः०१ बजेबाट लागू हुनेछ।
राष्ट्रपति ट्रम्पले मोटरहरूमाथि २५ प्रतिशत शुल्क घोषणा गरेका छन् जुन एप्रिल ४ तारिखबाट कार्यान्वयनमा आउने छ।