तीनकुने घटनामा न्यायिक छानबिन समिति गठन माग

२०८१ चैत २३ आइतबार १४:५०:०० मा प्रकाशित

काठमाडौं । जवाफदेहिता निगरानी समितिले तीनकुने घटनामा न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ । समितिले भविष्यमा  हिंसात्मक घटना पुनः नदोहोरिने निश्चित गर्न आह्वान गरेको छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रहरीले सार्वजनिक गरेको विवरण र गोप्य प्रतिवेदनको हवाला दिँदै मिडियाबाट सार्वजनिक अत्यधिक बल प्रयोगबारेको समाचारले गम्भीर एवं चिन्तित बनाएको समितिले जनाएको छ । घटनाको वास्तविकता सार्वजनिक गर्न समितिले माग गरेको छ ।

“प्रहरीले सार्वजनिक गरेको विवरणमा चैत १५ गते ५८ राउन्ड गोली चलाइएको, २० जना गोली लागी घाइते भएका, गोली लागेर सविन महर्जनको मृत्यु भएको, घाइतेमध्ये १३ जना उपचाररत रहेको, प्रहरीद्वारा ७४६ सेल अश्रुग्यास प्रहार गरिएको, १९८ राउन्ड ब्ल्यांक राउन्ड ९आवाज मात्रै निकाल्ने० चलाइएको भनिएको छ,” समितिले भनेको छ, “तर, प्रहरीकै गोप्य प्रतिवेदनलाई उद्धृत गर्दै प्रकाशित समाचारमा प्रहरीले ११० लाइभ राउन्ड गोली प्रहार गरेको, गोली प्रहार गर्न अर्धस्वचालित हतियार ९एसएलआर० समेत प्रयोग गरिएको, रबर बुलेट २०१ राउन्ड प्रहार गरिएको, नेपाल प्रहरीले ८६४ राउन्ड र सशस्त्र प्रहरीले १०४ राउन्ड अश्रुग्यास प्रहार गरेको लगायत उल्लेख गरिएको छ ।”

घटनाबारे उजागर हुँदै गएका तथ्य हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग आवश्यक र समानुपातिक थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था नदेखिने समितिको विज्ञप्तिमा उल्लेख छ । बाह्रखरी