पेट्रोल, डिजल र मट्टीतेलको मूल्य ३ रुपैयाँले घट्यो

२०८२ बैशाख ३ बुधबार १५:५०:०० मा प्रकाशित

२ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

आज (मंगलबार) राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा ३र३ रुपैयाँ घटाइएको हो ।

योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टीतेलको १४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १५७ रुपैयाँ ५० पैसा र मट्टीतेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ ।