राप्रपा प्रदर्शन : लिङ्देनसहित ७ जना नियन्त्रणमा

२०८२ बैशाख ७ आइतबार १६:४४:०० मा प्रकाशित

 
 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहनेको संख्या सात पुगेको छ ।

युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल पनि नियन्त्रणमा लिएसँगै संख्या सात पुगेको हो । उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो । उनी अध्यक्ष राजेन्द्र लिङ्देनको टिममै रहेर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।

अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कटवाल गरी सात जनालाई नियन्त्रणमा लिइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।