उद्योगमा कोभिडको असर कायमै

२०८२ बैशाख ८ सोमबार १५:५१:०० मा प्रकाशित

कोरोना महामारीका कारण बन्द भएका उद्योगको समस्या अझै समाधान हुन सकेको छैन । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थालेपनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको जानकारहरुको भनाइ छ ।

नेपाल उद्योग परिसंघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रदेशभित्रका ४० प्रतिशत उद्योग अझै बन्द अवस्थामा रहेको बताउछन् । सञ्चालनमा रहेका ६० प्रतिशतमध्ये १० प्रतिशत मात्रै नाफामा रहेको उनको भनाइ छ । उद्योग संघ चितवनका पूर्वअध्यक्षसमेत रहेका कँडेल बैंकको ऋणका लागि मात्रै उद्योग चलाउने धेरै रहेको बताउछन् ।