ग्रेस एफएमको आयोजनामा दैनिक सचेतनामूलक अभियान सुरु

२०८० माघ २४ बुधबार १४:४१:०० मा प्रकाशित

भक्तपुर। भक्तपुर अवस्थित ग्रेस एफएम १०७. ६ मेगाहर्जको आयोजनामा स्वास्थ्य, सरसफाइ तथा वातावरण संरक्षण सम्बन्धी दैनिक सचेतनामूलक अभियान सुरु भएको छ।

बुधबारबाट शुरु भएको अभियान सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ईश्वर खड्का र वडा नम्बर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतबाट संयुक्त  उपस्थितिमा भएको थियो।  
अभियानको शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै महिला शक्ति विकास केन्द्रकी अध्यक्ष विना बस्नेत र जनस्वास्थ्यविद् डा. जीवन घिमिरेले सामुदायिक स्वास्थ्य तथा सरसफाइको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो। 

अभियानको औचित्य र आवश्यकता बारे ग्रेस एफएम १०७. ६ मेगाहर्जका स्टेसन म्यानेजर केशव लुइँटेलले प्रकाश पार्नुभएको थियो। 
सामाजिक अभियन्ता रामकुमार खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा पत्रकार रामहरी चौलागाईँ, विजय श्रेष्ठ, कन्चन जीआर लगायत स्थानीय बुद्धिजीविको उल्लेख्य सहभागिता रहेको थियो।

तस्वीर हेर्नुहोस :