जाजरकोट भूकप्म र यसबाट सिक्नु पर्ने पाठ

२०८० फाल्गुण १० बिहीबार १४:१८:०० मा प्रकाशित

हिन्दुकुस हिमाल पर्वत पूर्वमा म्यान्मार देखि पश्चिममा अफगिस्थानसम्म करिव २४०० कि.मि. क्षेत्रमा फैलिएको छ । उत्तर तर्फ युरासियन प्लेट र दक्षिणमा इन्डियन प्लेट बिचमा रहेको हिमाली राज्य नेपाल यहि हिन्दुकुस हिमालयन क्षेत्रमा करिब ८०० कि.मी. पूर्व पश्चिम फैलियर रहेको छ  । भूगर्भशास्त्रीहरुका परिभाषा अनुसार नेपालका तराई, पहाड अनि हिमाली सबै क्षेत्रहरुलाई हिमालय पर्वत शृड्खला भनिन्छ । भौगर्भिक दृष्टिकोणबाट नेपाल लाई पांच (तराई,चुरे, लेसर हिमालय, हायरहिमालय र टिबेटियन टेथिस हिमालय)  भागमा बिभाजन गरिएको छ भनेभौगोलिकरुपमा तराई, पहाड,र हिमालय गरि तीनभागमा बाढिएको पाईन्छ।नेपालको कूलक्षेत्रफल एकलाख सतचालिस हजार पांचसय सोह्र वर्ग किलोमिटर भएको छ (कालापनी, लिपुलेक र लिम्पियाधुरासहितको) भने सबै भन्दा होचो स्थान ७० मि.केचना कलकंर उच्चस्थान ८८४८.८६ मि. सगरमाथाको चुट्टी पर्दछ। यसरी नेपाल दुई बटा प्लेटहरु बिचमा पर्ने हिमाली क्षेत्रमाभएकोले भौगोलिक तथाभौगर्भिक बनावटले अति नै कमजोरपर्वत शृङखलामा पर्ने हुंदा यहां बर्षेनिभूकम्प लगायत विभिन्न प्रकारका प्रकोपहरु देखा परिरहन्छन ।

भूकम्प भन्नाले पृथ्वीको सतहमा पैदा हुने कम्पन हो अर्थात भुईँचालो वा भैँचालो भूगर्भीय गडबडीबाट पैदा हुने पृथ्वीको कम्पन हो। जुन पृथ्वीमा आईरहने हुरि, बतास, पानी, पहिरो जस्तै एक भौगर्भिक प्रकृया हो। यो कम्पनलाई रेक्टर स्केलमा नापिन्छ । साना, मझौला र ठूला गरि भूकम्पलाई मुख्यत तीन भागमा बिभाजन गरिएको पाइन्छ।जसमा ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भुईँचालोलाई साना भुईँचालो भनिन्छ भने आठ रेक्टर स्केलभन्दा ठूलो परिमाणका भुईँचालोलाई ठूला भुईँचालो र त्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भुईँचालोलाई मझौला भुईँचालो भनिन्छ।नेपाल भूकम्पीय जोखिमपूणर् देश हो,भूकम्पविद्हरुका अनुसार नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको ११ औँ स्थानमा पर्दछ ।भूकम्प आफै खतरा होइन, यसको जोखिमहामीले बनाएका संरचनाहरुमाभर पर्दछन्।

इतिहासमा भूकम्प

इतिहास पल्टाउंदा भूकम्पको शुरुआत मानिस जातिको उदयभन्दा पनि धेरै अगाडी बाट भएको भन्ने बिश्वस छ । भूगर्भ विदहरुका अनुसार यो अनन्तकाल सम्म चलिरहने एक भौगर्भिक प्रकृया हो भन्ने भनाई छ । इतिहासमा धेरै पटक भूकम्पबाट मानव समुदायको ज्यान जानुको साथै उत्कृष्ट संरचनाहरुको छेतवित्छेद भई लाखौको नोक्सान भएको पाइन्छ । भूगर्भ विदहरु डा. तारानिधि भट्टाराई, डा. निमानन्द रिजाल र किशोर थापा द्वारा लिखित पुस्तक ‘ बह्तर सालको भूकम्प ‘ मा उल्लेख भएअनुसार सर्वप्रथम सन ११५ मा टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्पबाट करिव २,६०,००० जनाको ज्यान गएको पाईन्छ ।

नेपालमा भूकम्प

नेपाल पनि भूकम्पको चपेटाबाट अक्षुतो रहेको पाइदैन, संसारमा जस्तै नेपालमा पनि हाम्रा पितापूर्खाहरुले धेरैपटक भूकम्पको चपेटा खांदै आएको तत्थ्यहरु ईतिहासमा जिवितै रहेका छन ।नेपालको ईतिहासमा धेरै पहिले देखिनै भूकम्पबाट जनधनको क्षति भएको भएता पनि लिखितरुपमा अभिलेख भने सन १२५५ बाट मात्रै पाईन्छ । हुनत लेखक त्रय (डा. तारानिधि भट्टाराई, डा. निमानन्द रिजाल र किशोर थापा) ले आफ्नो उक्त पुस्तकमा पहिलो भूकम्प सन १२२३ मा गएको उल्लेख गरेको भएता पनि धटना को विवरण भने सन १२५५ को भूकम्पबाट पाईन्छ । भूकम्प तथा स्ट्रकचरल ईन्जिनियर पुकार जोशिले “नेपालमा ऐतिहासिक भूकम्पः अवलोकन”शिर्षक लेखमासबैभन्दा पहिले नेपालमा ७.८ रेक्टर स्केल म्याग्निच्युड भएको ​​भूकम्प सन १२५५ मा गएको थियो रत्यसबेला मन्दिर र घरहरु भत्किएर धेरैसर्वसाधरणहरुको साथै तत्कालीन राजा अभय मल्लले सहित ज्यान गुमाएका थिए भनि उल्लेख गरेको पाईन्छ । त्यस बेला पनि झण्डै१५ दिनसम्म बारम्बार भूकम्पका पराक्रमहरू गएका र काठमाडौं उपत्यकाको झण्डै एक तिहाइ जनसंख्या भूकम्पबाट मृतु भएको तत्थ्य बताइएको छ । त्यसै गरिभूकम्प प्रविधिको लागि राष्ट्रिय समाज (ल्क्भ्त्) नेपालले पनि आफ्नो अभिलेखमा सन १२५५ देखिको मात्र शक्तिशालि र विनाशकारी भूकम्पहरुको अभिलेखन गरेको पाईन्छ । सिभिल ईन्जिनियरिड् म्यजिकको सन २०२१ एप्रिल २० मा प्रकाशित प्रतिवेदन अनुसार नेपालमा सन १२५५ देखि२०१५ सम्म २२ बटा बिनासकारी भूकम्पहरुको अभिलेखन गरेको पाईन्छ।यी दुवै निकाएहरुबाट प्रकाशित अभिलेखमा भूकम्प संम्बन्धी निम्नमानुसारका बिवरणहरु पाईन्छ ।
१. सन १२५५ः नेपालमा पहिलो पटक भूकम्प ७ जुन १२५५ मा गएको । त्यस घटनमा काठमाडौं उपत्यकाका राजा अभय मल्लसहित कुल जनसंख्याको एक तिहाइ मानिसहरु मारिएको अभिलेखहरुमा पाईन्छ। ७.७ रेक्टर स्केल उक्त भूकम्पबाट उपत्यकाका कैयौं भवन र मन्दिरहरु पूणर्रुपमा ध्वस्त भएका थिए भने धेरै संरचनाहरुमा नराम्ररी क्षति पुगेको भन्ने अभिलेखहरुमा पाइन्छ ।

२. सन १२६०ःराजा जयदेव मल्लको पालामा गएको योभूकम्प बाट पनि धेरै संरचनाहरु (भवनतथा मन्दिरहरू) भत्किएको र मानव मृत्युको संख्या यकिन हुन नसके पनि भूकम्प र त्यसपछि फैलिएको महामारी र भोकमरीका कारण ठूलो जनधनको क्षति भएको पाइन्छ।

३. सन १३४४ः७.९ रेक्टर स्केलको अर्को ठूलो भूकम्प हो । यसभूकम्पमा सय जनाको मृत्यु भएको बताइएको छ । भूकम्पको केन्द्रविन्दु मेची अञ्चल रहेको थियो ।

४. सन १४०८ःयसै वर्षको भदौ महिनामा राजा श्याम सिंहको पालामा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा केन्द्रबिन्दु बनाइ ठूलो भूकम्प गएको थियो भन्ने तथ्यहरु छन । यस घटना बाट रातो-मच्छेन्द्रनाथको मन्दिर पूणर्रुपमा भत्किनुको साथै अन्य धेरै मन्दिर र भवनहरू भत्किएर क्षतिविच्छेद भएका थिए । जमिनमा धेरै ठाउँमा धांजाफाटेको थियो भनेमानव र पशुधनको ठूलो क्षति समेत भएको उल्लेख गरिएको पाइन्छ ।

५. सन १५०५ःकणर्ाली प्रदेशको सालडाङ नजिक केन्द्रबिन्दु भएको यो भूकम्प ८.७ रेक्टर स्केलको थियो जसमाछहजार मानिसको ज्यान गएको बताइएको पाईन्छ ।

६. सन १६८१ःयसै वर्षको मंसिर महिना तिरराजा श्रीनिवास मल्लको पालामा काठमाडौं उपत्यकामा असर पार्ने गरि गएको यो अर्को ठूलो भूकम्प हो। यस भूकम्पका बारेमा धेरै जानकारी उपलब्ध नभएता पनि यसले ठूलै परिमाणमा जनधनको क्षति पुर्याउनुको साथै मन्दिरलगायत धेरै मात्रमा ब्यक्तिगत तथा सरकारी भवनहरू ध्वस्त बनाएको अनुमान गरिएको पाइन्छ ।

७. सन १७६७ःअसार महिनामा गएको यो भूकम्प पश्चात २४ घण्टाको अवधिमा २१ वटा पराकम्पनहरु गएको बताइनेयो घटनाको मानवीय हताहत वा क्षतिको विबरणलाई संकेत गर्ने कुनै पनि जीवित लिखित वा मौखिक अभिलेखहरू पाइएको छैन।

८. सन १८१०ःवैशाख महिनामा राजा गिरवाणयुद्धविक्रम शाहको पालामा जम्मा २१ वटा भूकम्प गएका थिए । मानव जीवन र गाईवस्तुको क्षति सिमित भए पनि धेरै घर, भवन र केही मन्दिरहरू  त ध्वस्त वा क्षतिग्रस्त भए।
९. सन १८२३ःकाठमाडौं उपत्यकाका विभिन्न स्थानमा १७ वटा मध्यम खालको धक्का महसुस गरिएको भूकम्प गएको भएपनि मानवीय वा पशुधनको क्षतिको विवरण नआएकाले विगतका भूकम्पको तुलनामा यी पराकम्पहरू साना थिए भन्ने विश्वास गरिएको पाईन्छ।

१०. सन १८३३ःराजा राजेन्द्रविक्रम शाहको पालामा भदौ महिनामा काठमाडौं उपत्यकामा एकैदिन दुईवटा ठूला भूकम्प गएका थिए । पहिलो साँझ ६ बजे र दोस्रो राति ११ बजेतिर भूकम्पको महसुस भएको थियो । घर, मन्दिर, तथा अन्यसार्वजनिक आश्रय लगायतधरहराको टावर समेतभत्किएर ठूलो क्षति पुगेको थियो ।त्यसै गरि उपत्यकामा ठिमि तथा भक्तपुर शहरमा समेत आवास, सडक सञ्जाल र विभिन्न मन्दिरहरूमा ठूलो क्षति पुर्याएको विश्वास गरिएको छ।

११. सन १८३४ःयो वर्षकोअसार र साउनमा चारवटा ठूला भूकम्प गएकोथियो । यि भूकम्पहरूले धेरै भवन र मन्दिरहरू ध्वस्त भएको भएता पनिक्षतिको परिमाण भने अघिल्लो (अर्थात्, १८३३) भन्दा धेरै कम थियो। भूकम्पसँगै मुसलधारे बर्षा समेत शुरु भएको (परेको) ले खोज तथा उद्धार कार्यमा निकै बाधा परेकोथियो । बागमती नदीमा बाढी आएकोले खोलामाथिको पुलहरु पनि बगाएको थियो । खोला किनारमा लगाएको बाली नालिसबै बाढिले  बगाएको थियो । मानव वा पशुधनको हताहतको कुनै रेकर्ड नभएको भए पनि कुल मिलाएर, देशभर १८००० भन्दा बढी घरहरू भत्किएका थिए।

१२. सन १८३४ःमाघ १६ गते दिउँसो २ बजेतिर महान् नेपाल-विहार भूकम्प भनेर चिनिने ८.४ रेक्टर स्केलकोभूकम्प नेपाल अधिराज्य आसपासका क्षेत्रमा गएको थियो।  नेपालको इतिहासमा अभिलेखन गरिएको भूकम्पमा परि मृत्यु हुने जनताको संख्या सबैभन्दा बढी यहि धटनामा भएको विश्वास गरिएको छ । त्यस धटनाबाट नेपालमा कूल ८५१९ जनाको मृतु, १२६३५५ घरमा ठूलो क्षति र करिब ८० हजार ८९३ भवन पूणर्रुपमा ध्वस्त भएका थिए ।यो नेपालको एक महत्वपूणर् विनाशकारि भूकम्प थियो ।
१३. सन १९६६ः यो घटना बाट जम्मा ८० जनाको ज्यान गएको अनुमान गरिएको  यो भूकम्प नेपाल/भारत सीमाक्षेत्रमा गएको थियो । यो करिब ६.३रेक्टर स्केलको भूकम्प थियो ।
१४. सन १९७४ःनेपालकोमध्ये क्षेत्र नुवाकोटकेन्द्रबिन्दू बनाइ गएको यो भूकम्पबाट भने खासै क्षति भएको विवरण उल्लेख भएको पाइदैन ।
१५. सन १९८०ःसाउन महिनाको १४ गते गएको यसभूकम्पको केन्द्रबिन्दु बझाङ जिल्ला रहेको थियो ।६.५ रिक्टर स्केल मापन गरिएको यस भूकम्पबाटसुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, र दार्चुला जिल्लाहरुमा सबैभन्दा बढी प्रभावित भइ १२५ जनाको मृत्यु, २४८ जना गम्भीर घाइते, ११ हजार ६०४ भवनहरु ध्वस्त भएको थियो भने झण्डै१३ हजार ४१४ भवनहरुमाआंशिक क्षति तथा ठूलो परिमाणमा पशुधनको समेतक्षति भएको पाईन्छ । लेखक त्रय डा. तारानिधि भट्टराई,डा. निमानन्द रिजाल र किशोर थापाद्वारा लिखित पुस्तक “बहत्तर सालको भूकप्प” अनुसार यो घटनाको क्षतिको बिवरण भने फरक फरक पाइएको छ । 
१६. सन १९८८ःउदयपुर भूकम्पको नामले परिचित यो घटना भाद्र महिनामा भएको थियो ।यस भूकम्पबाटपूर्वी नेपालका२२ जिल्ला लगाएत मध्येनेपालका अन्य केहि क्षेत्रहरुसमेत प्रभावित भएको थियो। जसबाट ७२१ जनाको मृत्यु, ६५५३ जनागम्भीर घाइते हुनको साथै ६४ हजार १ सय ७४ निजी भवन, ४६८ सार्वजनिक भवन र ७९० सरकारी भवनमा क्षति पुगेको थियो।६.९ म्याग्निच्युडको उक्त भूकम्पबाट भारतको उत्तरी बिहारक्षेत्रमा समेत धेरै असर गरेको थियो । १० सेकेन्ड र १५ सेकेन्डको दुई किस्तामा गएको भूकम्पले बिहारको पटनास्थित राजभवन र पुरानो सचिवालय भवनलगायत अन्य ५० हजार भवनहरु चर्किएका थियो ।
१७. सन १९९३ःनेपालको मध्य र मध्यपश्चिमाञ्चल क्षेत्रमा प्रभाव भएको यो भूकम्पबाट, १ जनाको मृत्यु, ११ घाइते, ७२ घर ध्वस्त, र ४५१ भवनमा क्षति भइ अन्दाजी रु.४८ करोड ९० लाखको क्षति भएको अनुमान गरिएको थियो ।

१८. सन १९९४ःनेपालको मध्यपश्चिमाञ्चल क्षेत्रमा प्रभाव पार्ने गरि भएको यस भूकम्पबाट, १२ जनाघाइते, ६२३ जनाप्रभावित, र ८४ हजार २८७ भवन क्षतिभई अन्दाजि रु, १६ करोड ३५ लाखको क्षति भएको अनुमान गरिएको थियो।

१९. सन १९९५ःनेपालकोमध्यपश्चिम क्षेत्र दैलेखजिल्लामाकेन्द्रबिन्दु पारेको यस भूकम्पबाट करिब१८ जना प्रभावित भएका थिए भने४ वटाघरहरु ध्वस्त भइ अन्दाजीरु १० करोड २० लाखबरावरको क्षति भएको विश्वास गरिएको छ । 
२०. सन १९९७ःयस भूकम्पबाट नेपालको मध्य क्षेत्र र सुदूरपश्चिम क्षेत्र सबैभन्दा बढी प्रभावित भएका थिए भनेपूर्वी क्षेत्रका केही भाग र पश्चिम क्षेत्र पनि यो घटनाको प्रभाव भरेको थियो । यस घटनाबाट१ जना घाइते, १ हजार ४८९ प्रभावित, १९६ घर ध्वस्त,र ६० भवनमा सामान्य क्षति भइ अन्दाजी रु.५ करोड १९ लाख ९० हजार रुपैयाँको क्षति भएको थियो।
२१. सन २००१ःभूकम्प प्रविधिको लागि राष्ट्रिय समाज (ल्क्भ्त्) नेपालको अभिलेख अनुसार यो भूकम्पबाट नेपालकोसुदूरपश्चिम , पश्चिम तथा मध्य क्षेत्रका केही भागहरु प्रभावित भएका थिए । जुन घटनामा२ जनाको मृत्यु, ३ घर ध्वस्त भइ अन्दाजी रु.१३ करोड २० लाखको क्षति भएको अनुमान गरिएको छ ।
२२. सन २००२ःभूकम्प प्रविधिको लागि राष्ट्रिय समाज (ल्क्भ्त्) नेपालको अभिलेख अनुसारनेपालको मध्य क्षेत्रको मोहत्तारी जिल्लामा प्रभावित यो भूकम्पबाट करिब ४१ घाइते भएको पाइन्छ ।

२३. सन २००३ःभूकम्प प्रविधिको लागि राष्ट्रिय समाज (ल्क्भ्त्) नेपालको अभिलेख अनुसार यो भूकम्पबाट नेपालको पश्चिमाञ्चलक्षेत्रको स्याङ्जा जिल्ला प्रभावित भएको पाइन्छ। जसबाट१ जनाको मृत्यु,र २ जना घाइते भएका थिए ।
२४. सन २०११ःभूकम्प तथा स्ट्रकचरल ईन्जिनियर पुकार जोशिले “नेपालमा ऐतिहासिक भूकम्पः अवलोकन” शिर्षक लेखमा उल्लेख गरे अनुसनर यो भूकम्प, भाद्र महिनामा भएको थियो। नेपाल र भारतीय राज्य सिक्किमको सिमानामा केन्द्रबिन्दु रहेको यो भूकम्प ६.९ रेक्टर स्केलको थियो । यस घटनाबाट नेपालमा ६ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । ६ जना मध्ये २ जना काठमाडौं उपत्यकामा र अन्यपूर्वी पहाडमा भएको थियो । यस भूकम्पबाट ४८५१ परिवारका करिव १२ हजार ३०१ जना विस्थापित भएकाथिए । यस घटना बाट नेपालमा कूल ६ हजार ४ सय ३५ भवनहरू भत्किएका, ११ हजार ५२० वटा भवनहरूमासामान्य क्षति भएको थियो ।
२५. सन २०१५ःयसलाई गोरखा भूकम्प भनि चिनिन्छ । यस भूकम्पमा झण्डै ९ हजार मानिसको मृत्यु भएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । यसको केन्द्रविन्दु गोरखा जिल्लाको बारपाक रहेको थियो । सन् १९३४ को नेपाल-बिहार भूकम्पपछिको यो सबैभन्दा ठूलो प्राकृतिक प्रकोप थियो । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (ग्क्न्क्) का अनुसार यो भूकम्प ७ दशमलव ८ मेगावाटको थियो । यस भूकम्पबाट नेपालको १४ वटा जिल्लाहरु अति प्रभावित भएको एक विनाशकारी भूकम्प हो ।भूगर्भविदहरुले दिएको जानकारी अनुसार नेपालको
२६. सन २०२३ ःभूकम्प झड्का र जनघन को क्षति बझाङ जिल्लाको लागि नयां घटना भने होइन । गृहमन्त्रालयको बिपद् पोट्रलमा उल्लेख भए अनुसार एकबर्ष अवधिमा करिब १४ बटा भूकम्पका धक्काहरु यस जिल्लामा रेकर्ड भएका छन । अक्टोवर ३ , २०२३ को दिउँसो २ः४० बजे ५.३ म्याग्निच्युडको पहिलो विष्फोट र सोहि दिन ३ः०४ मा ६.३ म्याग्निच्युडको दोस्रो भूकम्पको रेकर्ड राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले गरेको थियो । केन्द्रका अनुसार दोस्रो झड्का नेपालको राजधानी काठमाडौंसम्म महशुस भएको थियो ।

२७. सन २०२३ ः२०२३ नोभेम्बर ३ को मध्यरात ११ः४७ बजेजाजरकोट जिल्लाको रामिडांडा केन्द्रबिन्दु भएको यो भूकम्प ६.४ म्याग्निच्युडको थियो । यस भूकम्पबाट जाजरकोटजिल्लामा १०३ र पश्चिम रुकुममा ५० गरि १५३ जनाको ज्यान गएको थियो । दुईवटा जिल्लामा अतिप्रभाव पारेको यस भूकम्पको ब्यबस्थापन गर्न हामिलाइ कति कठिन भएको छ? ३ महिना बिति सक्ता पनि, कतिपय पिढितहरु पालकै भरमा रात काटिरहेका छन, सायद बर्षाको पानि पनि यसैले कटाउने छन ।

अनुमान र वास्तबिकता

नेपालको पश्चिमी भागमा भूकम्पविद्हरुले बताए अनुसार सन १५०५ यता कुनै ठूलो भूकम्प गएको छैन । विगत ५१८ वर्षमा जम्मा भएको यस्तो चाप भविष्यमा जुनसुकै बेला विष्फोट भइ ठूलो स्केलको भूकम्प (८.७ रेक्टर स्केलसम्मको भूकम्प) आउन सक्नेभनि जिबाराज पोखरेलले अक्टोवर १० को दि हिमालयन टाइममा आफ्नो लेख “दिबझाङः ईन्डिकेटरअफमचटुवर्स” मा उल्लेख गर्नुभएको छ। यसरी अनुमान गरिएको झै भूकम्पको आगमन भएमा हाम्रो के हालत हुनेहोला ? यो  एक गहन प्रश्नरउत्तरको लागी समयमै विज्ञहरुको सल्लाह र सुझाब अनुसार स्थानिय सरकारलाई सक्रिय बनाई बिपद्प्रतिकार्यर तयारी गराउनु आवश्यक देखिन्छ।आजकै जस्तो बिपद्प्रतिकार्यर तयारी भनेको कुनै गैह्रसरकारी संस्था र सुरक्षाफौजहरुको जिम्मेवारिहो भन्ने मनोबिज्ञानमा बसेमा तिलको पहाड हुनेछ।त्यसैले बिपद्जोखिम न्यूनिकरणको बिश्वब्यपी स्वीकृत अवधारणा अनुसार स्थानिय स्तरबाटै जोखिम कम गर्ने, स्थानीय रूपमा प्रतिक्रिया गर्न क्षमतावान (बन्दोबस्तिका समानहरु र राम्रोसँग प्रशिक्षित द्रुत प्रतिक्रार्य टोली सहित)हुनेर तुरुन्तै पूनर्लाभका कार्यहरु संचालन गर्ने गरि स्थानिय सरकारको विपद् पूर्वतयारी हुनु पर्दछ।

कानूनी प्रवधान

बिपद् जोखिम ब्यबस्थापन संम्बन्धमा नेपाल सरकारबाट प्रसस्थमात्रमा कानूनी प्राबधानहरु प्रतिपादन गरेको पाइन्छ। नेपालको संबिधान २०७२ लेबिपद् जोखिम न्यूनिकरण तथा ब्यबस्थापनको लागि तिनबटै तहका सरकारलाइ कानूनीरुपमै जिम्मेवार बनाएको छ । जसमा अनुसुचि ६ अनुसार यसको जिम्मेवारी संघिय र प्रदेश दुबै सरकारको संयुक्त भनि तोकेको पाइन्छ ।त्यसै गरि अनुसुचि ८ मा बिपद् जोखिम ब्यबस्थापनको जिम्मेवारी स्थानिय सरकारको हुने भनेको छ भने अनुसुचि ९ मा यसको जिम्मेवारी सबै तहका सरकारको संयुक्त हुने भनि उल्लेख गरेको छ ।

बिपद् जोखिम ब्यबस्थापन एक जटिल अनिसमग्र संस्थाहरूको एकीकृतप्रयासबाट संभव र सफल हुने कार्य भएकोले यो सबैतहका सरकारको संयुक्तजिम्मेवारी तोकिएको हुन पर्दछ । तर संयुक्त जिम्मेवारी भएता पनि तहअनुसारका कार्यात्मक क्षेत्र भने फरक हुन सक्दछ । जस्तो स्थानिय सरकारले आफ्नो जिम्मेवारी ईलाका भित्रहुन सक्ने संभावित प्रकोपहरुको रेखाङकन गर्ने, बिपद् जोखिमन्यूनिकरण योजनाहरु बनाउने,  प्रकोपका प्रकार अनुसार द्रुतप्रतिकार्य टोलिको ब्यबस्थापनगर्ने आदि । त्यसै गरि प्रदेशस्तरमा बिपद् ब्यबस्थापन सम्बन्धि सूचना तथा तथ्यङको संकलन,बिश्लेषण,भण्डारण तथा संप्रेषण गर्ने र संघिय सरकारबाट आवश्यक नियम,कानून तथा नितीहरु निर्माण गर्ने,  मानविय सहायताको लागी अन्तरराष्ट्रिय सहयोगको अपिल गर्ने आदि ।

नेपाल सरकारले बिपद् जोखिम न्यूनिकरण तथा ब्यबस्थापन ऐन २०७४ (संशोधन २०७५) र बिपद् जोखिम ब्यबस्थापन नियमावली २०७६ लागु गरेको छ । त्यसै गरी स्थानिय सरकार संचालन ऐन, २०७४ लेबिपद् जोखिम न्यूनिकरण र प्रतिकार्य, स्थानिय सरकारहरुको खास जिम्मेवारि हुने उल्लेख गरेको छ ।ऐन, कानून तथा निती नियमहरु कुनै कमि छैन मात्र छ भने बिपद् जोखिम संम्बन्धमा सुझबुझ, जन चेतना र राजनीतिक इच्छाशक्तिको मात्र कमि छ ।

सुझाव

आगामी दिनमा हुने भूकम्पको असर कम गर्नको लागी स्थानबिशेषमा सहजै उपलब्धहुने सामाग्रीहरु काठ, बाँस,खरको सामनाहरु प्रयोग गरि रिट्रोफिटिंग जस्ता लागत-प्रभावी स्वदेशी विधिहरू प्रयोग गरि धेरै कम लागतमा कार्यान्वयन गर्न सकिने प्रविधिको प्रयोग गर्ने। बिपद् जोखिम न्यूनिकरणकोलागी स्थानिय सरकारले असरदार रुपमा भूमि उपयोग योजना,शहरी बस्तीबिकासयोजना रपूर्वाधार निर्माणमाअनुगमन तथा नियन्त्रण गरिसुरक्षित भवनको निर्माण गर्ने ।

ग्लोबल अर्थक्वेक सेफ्टी इनिसिएटिभ (न्यिदब िभ्बचतजत्रगबपभ क्बाभतथ क्ष्लष्तष्बतष्खभ) ले गरेको अनुसन्धानअनुसार भूकम्पमा परी मृत्यु हुनेमध्ये ८५ प्रतिशत भवन भत्किएका कारण भएको देखाएको थियो ।जाजरकोटको रामिडांडाकेन्द्र बिन्दु बनाई गएको भूकम्पमा बारेकोट गा.पा.मा केहिमात्रमा धाइते भएता पनि मानविय क्षती नहुनुको कारण तुलनात्कमरुपमा भवनहरुको बनावट र त्यसमा प्रयोग भएका सामाग्री (चेप्टा ढुङ्गा, लिस्याईलो माटो,नसकोप्रयोग) हुन सक्छन। तसर्थ सम्भावित हताहत कम गर्न स्थानीय सरकारले भवन निर्माण इजाजतपत्र दिँदा भवन संहिताको पालना गरेको सुनिश्चित गर्नुपर्दछ र समय- समयमा निर्माण अनुगमन समेत उचितरुपमागर्नुपर्दछ।भूकम्प वा घटना पछि राहतकार्यमा ठूलो मेला लगाउने हालको प्रवृतिलाई कम गर्दै पूर्वतयारीमा जोड दिने । स्कूल,कलेजका बिध्यार्थी लगायत समुदायमा भूकम्प वा अन्य संभावित प्रकाप र यसको असर कम गर्ने उपायहरु बारे चेतानामुलक कार्यक्रमहरु संचालन गर्ने ।

संक्षेप

हामीलाई थाहा छ,यहि शताब्दिको सन२०१० जनवरी १२ का दिन क्यरिबियन राष्ट्र हाइटीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो जसबाट करिव ३,००,०००(तीनलाख) मानविय क्षति भएको थियो । सोहि बर्षको २७ फेब्रुअरीमा चिलीमा ८.८ म्याग्निच्युडको अर्को ठूलो भूकम्प गयो जसले हाइटीको भूकम्पले भन्दा ७ सय गुणा बढी ऊर्जा निकालेको थियो,तर मानविय क्षति भने करिव१,००० (एकहजार)जनाको मात्र भयो किन ?   उत्तर, भवन निर्माण आचारसंहिताको पूणर्रुपमा कार्यन्वयन र प्रभावकारी अनुगमनकार्य वा  राम्रो पूर्व तयारी  संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार बिपद्को पूर्वतयारीमा १ डलर खर्चगर्नाले प्रतिकार्यको समयमा ७ डलर जोगाउन सकिने मान्येता रहेको छ। त्यसैले तयारीमा लागेको समय तथा स्रोत खर्च होइन लगानी हो ।जापान र ईन्डोनोसिया जस्ता रास्ट्रहरुमा बर्षेनि ठूलाठूला भूकम्पहरु गइ रहेकाहुन्छन तर त्यसबाट हुने मानवियक्षति भने नगन्ने हुन्छ, त्यो पनि समय मै सिक्नु जरुरी छ  , नत्र हामी फेरि पनि बिपद्पछिको मेला मै रोमलिने छ । भूकम्पको क्षतिकम गर्न विश्वका अन्य देशहरूमा विगतमा गएका भूकम्पको प्रकोपहरूको अध्ययनको साथै आफ्नै देशमा गएका ( २०७२ साल र २०८० जाजरकोट ) भूकम्पहरु बाट पनि पाट सिक्न सक्छौं ।

(लेखक केसी नेपाली सेनाको अवकाश प्राप्त प्रमुख  सेनानी  हुनुका साथै संकट / विपद व्यवस्थापनको विद्यार्थी समेत हुनुहुहुन्छ।)