मन्त्रिपरिषद् बैठकद्वारा लगानी सम्मेलन लक्षित अध्यादेश सिफारिस

२०८१ बैशाख १० सोमबार १२:२३:०० मा प्रकाशित

काठमाडौँ ।  मन्त्रिपरिषद्को सोमबारको बैठकले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न कानुन संशोधन गर्ने अध्यादेश सिफारिस गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलकहाँ अध्यादेश सिफारिस गरेको हो । 

बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनलाई लक्ष्य गरेर सरकारले अध्यादेश सिफारिस गरेको हो । ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न’ बनेको अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

यसअघि अध्यादेशमार्फत विभिन्न ८ वटा ऐनका विभिन्न व्यवस्था संशोधन गर्ने तयारी भएको थियो ।