मधु मरासिनीलाई अर्थ सचिवकाे जिम्मेवारी

२०८१ बैशाख १० सोमबार १५:२२:०० मा प्रकाशित

काठमाण्डाै । सरकारले अर्थ मन्त्रालयकाे सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेकाे छ । आज सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने निर्णय गरेको हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'पेमेन्ट गेटवे' खरिद अनियमितता प्रकरणमा मरासिनीलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरेसँगै मरासिनी निलम्बनमा पर्नुभएको थियो । विशेष अदालतले याे मुद्दामा मरासिनीलाई सफाइ दिएपछि अर्थ सचिवको जिम्मेवारी दिइएको हो ।

याेसँगै अहिले अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।