इरान र पाकिस्तानबीचको व्यापारिक सम्झौताबारे अमेरिकाको आपत्ति

२०८१ बैशाख १२ बुधबार १२:४०:०० मा प्रकाशित

इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमण र दुई देशबीचको व्यापारिक सम्झौतालाई लिएर अमेरिकाले आपत्तिजनक प्रतिक्रिया दिएको छ । अमेरिकाले इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई प्रतिबन्धको सम्भावित जोखिमबारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ ।

अमेरिकाले पाकिस्तानको बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमका आपूर्तिकर्ताहरूमाथि प्रतिबन्ध लगाउन सक्नेमा जोड दिँदै जहाँ भए पनि विनाशकारी हतियार खरिदसँग सम्बन्धित गतिविधिहरूमा अवरोध र कारबाही जारी राख्ने बताएको बीबीसी हिन्दीले जनाएको छ ।

इरानी राष्ट्रपति रायसी पाकिस्तानको तीन दिने औपचारिक भ्रमणमा हुनुहुन्छ । यस अवधिमा दुई देशबीच आठ वटा द्विपक्षीय सम्झौता भएको छ ।