नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

२०८१ बैशाख १२ बुधबार १२:४३:०० मा प्रकाशित

काठमाण्डाै । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने समझदारीमा हस्ताक्षर भएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच आज भएकाे भेटवार्तापछि प्रतिनिधिमण्डलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । वार्ताका क्रममै दुवै देशबीच लगानी र सहकार्यका विषयमा सझदारी भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कुटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै कतार चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासङ्घबीच पनि दुई वटा सम्झौता भएका छन् ।