स्वदेशी निर्माण सामाग्रीको प्रयोगमा सचेत बनौं : इन्जिनियर दुवाल

२०८१ बैशाख १२ बुधबार १३:१८:०० मा प्रकाशित

 

पछिल्ला वर्षहरुमा निर्माण जगतमा इको प्यानलहरुको प्रयोग वढ्दो देखिन्छ किन होला ?

 

इको प्यानल भनेको भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा स्थायी वा अस्थायी संरचना प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो,जुन हलुका हुने कारणले गर्दा भूकम्प प्रतिरोधात्मक छ। यहाँंले भनेजस्तै यसको प्रयोग देशैभरि वढ्दो छ । यसका एक होइन, अनेक कारणहरु छन् ।

 

कारणहरु बताइदिनुहोस् न ?

 

इको प्यानलका धेरै विषेताहरु छन् । एक दुई गरेर भन्नु पर्दा हलुका हुनु, यही कारण दूरदराजमा लानु पर्दा ढुवानी खर्चमा कमी आउनु, थर्माेल इन्सुलेसन राम्रो हुनु, भूकम्प प्रतिरोधी, वातावरणमैत्री, कम मात्रै लागत पर्नु, तीव्र निर्माण सम्भब हुनु आदि इत्यादि हुन् ।

 

यसलाई अझ वढी बुझने भाषामा भन्नुहुन्छ कि ?

 

सामान्य अरु निर्माण सामाग्री भन्दा यो एक तिहाइले हलुका हुन्छ । हलुका हुँंदा यो विकट हिमाली, पहाडी जिल्लाहरुमा लान सजिलो मात्रै नभई यातायात भाडामा कमी आइ ढुवानी खर्च कम आउने हुन्छ । यही हलुका हुनुकै कारणले बढी भार थेग्न नपर्ने भएर नयाँं निर्माणको लागत घट्छ । किनकि कम भार मात्रै थेग्नु परेपछि त्यो अनुसारको मोटामोटा डण्डीहरुदेखिको प्रयोग गर्नु परेन ।

 

थर्माेल इन्स्योलेसन भनेको यसको प्रयोगबाट बाहिरको तातो भित्री नआउने र बाहिरको चियो भित्र नआउने हुन्छ । यसले गर्दा गर्मी ठाउँंमा यसको प्रयोगबाट भित्री एसी चलाउनु पर्दैन । साथै जाडो ठाउँंमा भित्र तातोका लागि पनि हिटर चलाउनु पर्दैन । यही कारणले पनि के हिमाल, के तराई यसको माग वढ्दो रहेको हो । लान सजिलो भएकै कारण पहाडका कुनाकन्दरामा पनि यसको माग वढ्दो छ ।

 

हलुका भएकै कारण यो भूकम्पप्रतिरोधी छ । भूकम्पको बेला यसले थिचेर कुनै मानवीय क्षति हुन पाउँंदैन । मानिसलाई घाउचोट केही हुँंदैन ।

 

यसको उत्पादन वातावरणमा कुनै पनि प्रकारको नकारात्मक प्रभाव नहुने गरी बनाएको हुन्छ । यसकारण यो वातावरणमैत्री रहेको छ । साथसाथै यो कारखानामै पहिलै बनाइराखेको र निर्माणस्थलमा लगेर जोडे मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीब्र निर्माण सम्भब हुन्छ ।

 

यस्ता प्यानलहरु नेपालमै उत्पादन हुन थालेको कति भयो होला ?

 

धेरै भएको छैन । त्यही दुईचार वर्ष मात्रै हो । यसअघि र अहिले पनि यस्ता सामान बाहिरी देशहरुबाट आयात नहुने होइन, भइराखेको छ । तर स्वदेशमै वनेका यस्ता सामानहरुको उपयोग गर्नु जरुरी हुन्छ ।

 

अहिलेसम्म कताकता पुग्यो होला यो ?

 

सवैतिर पुग्यो भन्दा फरक पर्दैन । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि पहाड अनि पहाडदेखि तराईसम्मका झण्डै सवै जिल्लामा यसको प्रयोग वढ्दो छ । साथसाथै भूकम्पपछिको पुननिर्माण तीव्र हुनुपर्ने कारण र यसको प्रयोगले तीब्र निर्माण सम्भब भएकै कारणले पनि यसप्रति उपभोक्ताको रुचाई वढेको देखिन्छ ।

(नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालसँंग नयाँं निर्माण सामाग्रीमा केन्द्रित रहेर गरेको कुराकानीको सारसंक्षेप)