धितोपत्र बोर्डको अध्यक्ष सरकारले चाँडै दिओस्ः कार्यकारी अध्यक्ष राना

२०८१ जेठ २५ शुक्रबार १२:२८:०० मा प्रकाशित

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकरी अध्यक्ष नरेन्द्रकुमार रानाले सरकारले धितोपत्र बोर्डको अध्यक्ष छिटोभन्दा छिटो दिनुपर्ने बताएका छन् । आज भएको धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सवमा उनले सो कुरा बताएका हुन् ।

५ महिनादेखि खाली रहेको बार्डको अध्यक्षमा अर्थमन्त्रालयले केही दिनअघि मात्रै राणालाई पठाएको थियो । नयाँ कार्यकारी अध्यक्ष नियुक्ती नभएको बेला अर्थमन्त्रालयले आफ्नो प्रतिनिधिलाई नै बोर्डको अध्यक्षको रुपमा राख्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार राणा अध्यक्ष बनेका हुन् ।

अध्यक्ष रानाले भने, ‘सरकारले चाडोभन्दा चाडो बोर्डमा कार्यकारी अध्यक्षको पद बहाली गरोस् । ५ महिनादेखि अध्यक्ष छैनन् । म आएपछि ५ महिनदेखि रोकिएको काम सुरु भएको छु ।’

कार्यक्रममा बोल्दै राजस्व सचिव रामप्रसाद घिमिरेले धितोपत्र बोर्डले गर्न चाहेको काममा आफुले सहजिकरण गर्ने बताए । धितोपत्र बोर्ड अब जोखिममा आधारित सुपरीवेक्षणमा जानु पर्ने समेत बताए ।

अर्थमन्त्रलयले धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खोलेर ५ जनाको नाम छनोट गरेर पनि अध्यय नियुक्त गर्न सकेको छैन ।