सुनको भाउ स्थिर, चाँदी बढ्यो
काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि अघिल्लो दिनकै मूल्य निर्धारण गरेको हो ।
हाल प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ । यसअघि भदौ ५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ मंगलबार तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी आज १८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।