मन्त्रिपरिषद्‌बाट स्वीकृत निर्णय ढिलो थाहा पाउँदा जापान गएनन् बालेन

२०८२ जेठ ३ शुक्रबार १२:५८:०० मा प्रकाशित

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहले जापान भ्रमण रद्द गरेका छन् ।

मेयर बालेनको सचिवालयका अनुसार मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गर्ने निर्णय ढिलो गरेर जानकारी दिँदा रद्द भएको जनाएको छ ।

‘गत बिहीबार निर्णय भएको रहेछ, आइतबारको फ्लाइट थियो । अनि, आइतबार नै औपचारिक जानकारी आयो । त्यही भएर त्यति छोटो समयमा तयारी पुगेन अनि भ्रमण रद्द भयो,’ मेयर बालेनको सचिवालयका एक सदस्यले भने ।

ती सदस्यका का अनुसार, अनौपचारिक जानकारी त शुक्रबार नै आएको थियो । तर मन्त्रिपरिषद्ले निर्णय गरेर प्रमुख प्रशासकीय अधिकृत पठाउँछु भनेको २र३ महिना हुँदा त आएको छैन भने मन्त्रिपरिषद्को कुरा पत्याइहाल्ने अवस्था पनि नभएको सचिवालय सदस्य बताउँछन् ।

मन्त्रिपरिषद्ले २५ वैशाखमै ३० वैशाखदेखि १ जेठसम्म जापानमा हुने स्मार्ट सिटी सम्बन्धी इन्टरनेसनल ट्रेनिङ वर्कसपमा जाने बालेनको भ्रमण स्वीकृत गरेको थियो ।

तर, मन्त्रिपरिषद् निर्णय औपचारिक रूपमा आज मात्रै सार्वजनिक भएको हो । रासस