गाजामा बालबालिकाका लागि पोलियोविरुद्धको खोप अभियान

२०८१ भदौ १६ आइतबार १५:१४:०० मा प्रकाशित

काठमाडौं। स्वास्थ्यकर्मीहरुले गाजामा पोलियोविरुद्धको खोप अभियान सुरु गरेका छन्।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार ६ लाख ४० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ।

देर अल–बलाहमा केहि दिन खोप अभियान संचालनमा हुनेछ। गाजाको केन्द्रिय, उत्तरी र दक्षिणी क्षेत्रमा ३ दिने खोप अभियान संचालन गरिने छ।

यस खोप अभियानको लागि द्धन्द ३ दिनको लागि अस्थायी रुपमा रोकिएको छ। आवश्यक परेमा थप एक दिन पनि अभियान लम्ब्याउने सम्भावना रहेको बीबीसीले जनाएको छ।

गाजाको सिमानको फोहोर पानीमा पोलियो भाइरसको टाइफ–२ भेरियन्ट देखापरेसँगै यस अभियानको लागि पहल सुरु भएको थियो। गत महिना, २५ वर्षपश्चात १० महिनाको बच्चामा पोलियो देखा परेको थियो।