भारत र चीनबाट १६ करोडको रङ आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना अवधिमा भारत र चीनबाट १५ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको रङ नेपाल भित्रिएको छ । यो १३ लाख ३९ हजार ५३ किलो बराबर परिमाण हो ।
भन्सार विभागको पछिल्लो तथ्यांक हेर्दा गत सात महिनामा दक्षिणी छिमेकी भारतबाट सबैभन्दा धेरै रङ आयात भएको दृखिन्छ । भारतबाट उक्त अवधिमा १५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको १३ लाख ३८ हजार २ सय ९२ किलो रङ आयात भएको देखिन्छ । यसरी आयात भएको रङको अधिकांश परिमाण होलीमा खपत हुने गरेको छ ।
नेपालमा भारतपछि उत्तरी छिमेकी चीनबाट धेरै रङ आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।