अब प्लेन नथपी उपाय छैन : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न ‘लिज’मा विमान थप्ने तयारी भइरहेको बताएका छन् ।
सोमबार (चैत ११) सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले उड्डयन क्षेत्रलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न विमान थप्नुको विकल्प नभएकामा जोड दिए । १० वाइडबडी र १० न्यारोबडी विमान थप्नुपर्ने उनले बताए ।