पत्रकार चौलागाईलाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

अनलाइनखबर डटकमका स्वास्थ्य पत्रकार पुष्पराज चौलागाईसहित सात जनालाई यस वर्षको ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ प्रदान गरिएको छ।
चौलागाई स्वास्थ्य पत्रकारितामार्फत सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा लामो समयदेखि सक्रिय छन्। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुमा आयोजना गरेको विशेष समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटी लगायतले उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन्।
पुरस्कार स्वरूप जनही ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ।
पुरस्कृत हुने अन्य व्यक्तिहरूमा डा. तारासिंह बम, बुद्धि कटेल, रूद्र कडरिया , र लक्ष्मीनारायण देव रहेका छन्।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण, नियन्त्रण तथा नियमन गर्न उल्लेखनीय योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो।