पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार

२०८१ कार्तिक ४ आइतबार १४:१८:०० मा प्रकाशित

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

नाराबाजीसहित भिड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।

पानीको फोहोरा र अश्रग्यास हानेपछि आन्दोलत पक्ष तित्तरबित्तर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो ।

सहकारी  ठगी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सोही दिन राति पोखरा लगिएको थियो ।