काठमाडौँ वल्ड स्कुलले गर्यो ओपन हाउस

२०८० फाल्गुण १३ आइतबार ११:२१:०० मा प्रकाशित

 

भक्तपुर । अहिलेको विद्यार्थीलाई जीवन बुझाउनुपर्नेमा जोड दिंदै त्यही अनुसारको शिक्षा दिइरहेको देखाउन भन्दै भक्तपुरको एउटा स्कुलले ओपन हाउस गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित काठमाडौ वल्ड स्कुलमा शनिबार एकदिने ओपन हाउस गरेको हो । स्कुलकोबारेमा अभिभाबक तथा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले सवैका लागि निःशुल्क प्रवेशका साथ ओपन हाउस गरिएको हो ।

 

कार्यक्रममा क्रममा विभिन्न स्टलहरु रहेका थिए । त्यहाँं स्कुलले दिने सवै प्रकारका सेवाबारे अवलोकनकर्ताहरुलाई बुझाएका थिए । आफूहरुले जीवनमा आइपर्ने अनेक समस्या समाधान गर्नसक्ने गरी जीवन बुझाउने शिक्षा दिइरहेको उनीहरुको भनाई थियो ।

 

त्यहाँं झण्डै साथै खेल तथा मनोरञ्जनात्मक कार्यक्रम पनि थियो । विद्यार्थीहरु विभिन्न खेलहरुमा रमाएका थिए । स्कुलको कक्षाकोठादेखि अन्य सेवासुविधा तथा भौतिक संरचना देखाउन तथा मनारञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको जनाइयो ।

 

काठमाडौ वल्र्ड स्कुलकी पारेन्ट कोअर्डिनेटर (अभिभावक संयोजक) नैना चन्द शाहले कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाका विद्यार्थीहरु सहभागी भएको बताइन् ।

 

कार्यक्रममा सहभागी हुन आएकी एकजना विद्यार्थीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँंका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको बताइन् ।

स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा रहेको छ । यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट करिव दुई किलोमिटर दक्षिण गुण्डु चोक जाने बाटैमा रहेको छ । यहाँं पुग्न कालोपत्रेसहितको फराकिलो बाटो छ । ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँंमा स्कुलका दर्जनौ भव्य भबनहरु रहेका छन् ।