एभरेस्ट स्कुलमा जुनियर कल्चरल शो सम्पन्न

२०८० फाल्गुण २१ सोमबार १४:०४:०० मा प्रकाशित

 

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट इगलिश स्कुलको आयोजना जुनियर कल्चरल शो २०८० विहीबार सम्पन्न भएको छ । कार्यक्रममा स्कुलका ससाना विद्यार्थीहरुले गीत, नृत्य, बाजागाजाका साथै विभिन्न खेलकुद प्रदर्शन गरेका थिए । उनीहरुले उशु, बाँंसुरीबाजा, जिम्याष्टिक लगायतको प्रदर्शन पनि गरेका थिए । कार्यक्रममा दुई सय जना भन्दा वढी विद्यार्थीले फरकफरक प्रदर्शन गरेका थिए ।

 

आआफनो छोराछोरीहरुको प्रतिभा देख्दा अभिभाबक दंग देखिएका थिए । आआफना छोराछोरीको अतिरिक्त क्रियाकलाप देखेर आमाबुबा दंग परेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले विद्यार्थीले स्कुलमा पढन आएर पढने मात्रै नभई अतिरिक्त क्रियाकलाप पनि सिक्नु आवश्यक भएको बताए । उनले परीक्षामा उतीर्ण गर्नुका साथै विद्यार्थीको सम्पूर्ण विकासका लागि अतिरिक्त क्रियाकलापको भूमिका ज्यादै महत्वपूर्ण हुने चर्चा गरे । कार्यक्रममा विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले गरेका थिए ।