सुनको मूल्यले बनायो नयाँ रेकर्ड, आज इतिहासकै उच्च!

२०८० फाल्गुण २७ आइतबार ११:३३:०० मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य इतिहासकै उच्च भएको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मूल्य आज प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकोले छ । यता, चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।