सुनको भाउ आज स्थिर, चाँदीको तोलामा ५ रुपैयाँ घट्यो

२०८० चैत ७ बुधबार १३:१८:०० मा प्रकाशित

काठमाण्डौ । सुनको भाउ आज स्थिर छ । हिजो ७ सय रुपैयाँले बढेर तोलाको एक लाख २५ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज स्थिर रहेको हो ।

आज पनि सुनको भाउ एक लाख २५ हजार दुई सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक हजार पाँच सय २५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको एक हजार पाँच सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।