सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

२०८० चैत १६ शुक्रबार १२:२६:०० मा प्रकाशित

 काठमाडौं । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३० हजार कायम भएको छ । यसअघि बिहीबार तोलाको १ लाख २७ हजार ९०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० मा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ लाख २७ हजार ३०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ५२५ तोकिएको छ । बिहीबार १ हजार ५१० मा कारोबार भएको थियो ।