सुनको भाउ ७ सय रुपैयाँले घट्यो

२०८१ असार १३ बुधबार १५:११:०० मा प्रकाशित

काठमाण्डौ । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । हिजो यथावत् रहेको सुनको भाउ आज सात सय रुपैयाँले घटेर तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।