बाइडेनको तन्दुरुस्तीको बचाउमा ह्वाइट हाउस

२०८१ असार २६ मंगलबार १३:०६:०० मा प्रकाशित

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस राष्ट्रपति जो बाइडेनको स्वास्थ्य अवस्था र तन्दुरुस्तीको बचाउमा उत्रिएको छ । जो बोइडेनको मानसिक स्वास्थ्य ठिक नरहेको अफवाहहरू उठिरहँदा ह्वाइट हाउस उनको बचाउमा उत्रिएको हो । बाइडेनले पनि आफ्नो स्वास्थ्य अवस्थाप्रति शंका गर्नेहरूलाई कि आफूलाई चुनौती दिन होइन भने आफ्नो उम्मेदवारीमा एकमत भएर उभिन चेतावनी दिएका छन् ।

८१ वर्षका बाइडेनले हालै एक टिभी अन्तरर्वातामा आफू कतै पनि नजाने र राष्ट्रपतिको चुनावमा उमेदवारको रुपमा डटेर उभिने बताएका थिए । त्यसपछि आयोजित एक पत्रकार सम्मेलनमा राष्ट्रपतिकी प्रवक्ताले बाइडेन नखुलाइएको रोगबाट ग्रस्त रहेको धारणाको खण्डन गरेकी थिइन् । 

जुन २७ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पहिलो प्रत्यक्ष बहसमा बाइडेनले निराशाजनक प्रदर्शन गरेपछि उनको मानसिक स्वास्थ्य ठिक छैन कि भन्ने प्रश्नहरू उठिरहेका छन् । केहीले बाइडेनलाई पार्किन्सन्स भएको बताइरहेका छन् । यो हप्ता पनि ती प्रश्नहरू मत्थर हुने देखिएका छैनन् ।