मुकुलको आरोप - रवि फेरि मन्त्री खान पाइन्छ कि भनेर टाँसिइरहेका छन्

२०८१ असार २७ बुधबार १५:४५:०० मा प्रकाशित

काठमाडौं । रास्वपा नेता मुकुल ढकालले गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने संविधानको धारा ७६ (३) अन्तर्गतको सरकार बन्ने र ‘फेरि खाउँला’ भनेर सरकारमा टाँसिरहेको आरोप लगाएका छन्। रास्वपाले कारबाही गरे पनि बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्दै उनले त्यस्तो आरोप लगाएका हुन्।

‘आजको रविलाई प्रचण्डको शैली मन पर्छ। कता न कता ओलीको शैली मन पर्छ। र अझै पनि ७६ (३) अन्तर्गत देउवाको सरकार बन्ला कि ! अनि सरकारमा जान पाइएला कि भनेर उहाँ सरकारमा अहिले पनि टाँसिराख्नुभएको छ। भनेपछि देउवाको शैली पनि उहाँलाई मन पर्छ’, उनले भने, ‘देउवा, प्रचण्ड र ओलीको शैली मन पर्नेलाई मुकुल ढकालको शैली बालपना लाग्न सक्छ। मलाई मतलब छैन।’

बरु राजीनामा दिन बालुवाटार पुगेर पनि फेरि राजीनामा पत्र गोजीमै बोकेर फर्किनुलाई सभापति लामिछानेको बालापना भएको उनले आरोप लगाए।