प्रहरी समायाेजन नभए विकल्प दिनुपर्छ: मुख्यमन्त्री शाह

२०८१ असोज ३० बुधबार ११:५३:०० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रहरी समायोजन नभएमा विकल्प दिनुपर्ने बताएका छन् ।

उनले संघीयता लागु भएकाे यति लामाे समय बितिसक्दा पनि प्रहरी समायाेजन नहुँदा प्रदेश सरकारलाई काम गर्न समस्या भएकाे बताएका हुन् ।

संघीय सरकारले बनाउनुपर्ने प्रहरी समायोजन जस्ता महत्त्वपूर्ण कानुन नबनेका कारण काम गर्न चुनाैती थपिएको मुख्यमन्त्री शाहले बताए ।

६९ औं प्रहरी दिवसकाे अवसरमा प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै शाहले प्रदेशमा प्रहरी समायोजन नगर्नुकाे कारणबारे केन्द्रीय नेतृत्वले स्पष्ट पार्नुपर्ने बताए ।

शाहले प्रदेश सरकारले आफ्नो स्रोत, साधनबाट संघीय सरकार अन्तरगतका कार्यालयलाई सहयाेग गर्दै आएकाे बताउँदै त्यस्ता संरचनाकाे उद्घाटन र निरीक्षण गरेर मात्र संघीयता बलियाे नहुने उल्लेख गरे । उनले भने,’नेतृत्व तहमा बस्ने सबैले कुरा बुझ्न जरूरी छ, संघियता बलियाे बनाउने हाे भने प्रदेशलाई अधिकार दिनुपर्छ ।’