संबिधान संसोधनको छलफल सडकमा गर्ने विषय होइन : नेता भट्टराई
नेकपा एमालेका केन्द्रिय सदस्य निर्मल कुमार भट्टराईले संविधान संशोधनको छलफल सडकमा गर्ने विषय नभएको बताएका छन्।
सोमबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा गरेको समसामयिक राजनीतिक विषयमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने , “ संविधान संशोधनको छलफल आम पब्लिकमा गर्ने विषय होइन। सट्टा साझेदार नेताहरूवीच यस विषयमा गम्भीर छलफल भैरहेको छ। संविधानका विज्ञहरूका बिचमा पनि पटक पटक कुराकानी भइरहेको छन्। ” संविधान संशोधनका विषयमा घनिभूत छलफल भइरहेको जानकारी गराउँदै नेता भट्टराईले सञ्चारकर्मीलाई मूर्त रुपमा छलफलका विषयहरू बाहिर नआएकाले अस्पष्टता भएको बताए।
हिजोका दिनमा एमालेले जिल्लाको विकास निर्माणमा जुन प्रकारको गतिका साथ अघि बढेको थियो आज त्यो रफ्तारमा कमी आएको स्वीकार एमाले नेतृत्वको सरकार बनेकाले अबको दिनमा त्यसलाई गति दिने प्रयास गरिरहेको बताए। उनले सत्तारुढ दल एमाले र काङ्ग्रेसको माथि मात्रै नभएर तल जिल्ला जिल्लामा संयन्त्र बन्ने क्रममा रहेकोले सरकार अबका दिनमा विकास निर्माणमा केन्द्रित रहने बताए।
सोसाइटीको अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव लुइँटेलले गरेका थिए।