तिज अन द वाल संस्कृति र साह सँगसँगै

२०८१ भदौ २१ शुक्रबार १२:१४:०० मा प्रकाशित

 

सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तिब्बत बाट सफल आरोहण गरि विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनले हरेक वर्ष नेपाली महिलाहरुको महान चाड तिजको उपलक्ष्यमा तिज अन द वाल कार्यक्रमको आयोजना गर्दै आएको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि संस्कृति र साहस सँग सँगै भन्ने नाराको साथमा तिज अन द वा कार्यक्रमको आयोजना गरिएको छ । आज नेपाली सेनाका विभिन्न विधाका खेलाडीहरुले भाग लिएको छ । साहसिक खेल स्र्पोट क्लाइम्बिड.को प्रवद्र्धन गर्ने लक्ष्य सहित हरेक वर्ष विभिन्न विधाका महिलाहरुलाई यस कार्यक्रममा सहभागि गराउँदै आएको हो । कल्पना महर्जनले काठमाडौँमा महिलालाई आइतबार क्लाइम्बिङ गराएकी छन् । राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्बिङमा कल्पनाले क्लाइम्बिङ अभ्यास गराएकी हुन् ।

 

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ तिज अन दी वाल सुरु गरिएको उनले बताइन् । तिजमा भगवना शिवालाई पाउनको लागि पार्वती माताले कठोर तपस्या पछि प्राप्त गरेको कथा छ । त्यस्तै हामीेले आफ्नो कुनै पनि लक्ष्य प्राप्त गर्न पार्वती माताले जस्तै कठोर भन्दा कठोर संघर्ष पछि मात्र लक्ष्य र सफलता प्राप्त गर्न सकिने कुरालाई आत्मसात गर्न सक्नुपर्छ भन्ने नै हो तिज अन द वाल कार्यक्रमको बाट सिक्ने पनि ।

 

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो ।