कोरोना बिमाको पैसा माग्दै बिमा कम्पनीहरुद्वारा सर्वोच्चमा रिट, भदौ २४ मा पेशी तोकियो

२०८१ भदौ २३ आइतबार १४:५८:०० मा प्रकाशित

काठमाडौँ — सरकारसँग कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा रिट हालेका छन् । निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो ।

कोरोना बिमाको मापदण्ड अनुसार सरकारले दिनुपर्ने रकम नदिँदा बीमितको रकम फिर्ता दिन नसकिएको भन्दै उक्त रकम माग गरिएको संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।

सरकार, बिमक संघ र बिमा प्राधिकरणबीचको सहमतिअनुसार सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । सो रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।

सरकारले नै भुक्तानी नदिएपछि बिमा एक लाख भन्दा बढी बिमितको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।