रास्वपा महाधिवेशनको मिति र ठाउँकाे टुङ्गो आजै लाग्ने

२०८१ असोज २ बुधबार १२:२८:०० मा प्रकाशित

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल भइरहेको छ । काठमाण्डौको प्रज्ञा भवन कमलादीमा हिजोदेखि शुरू भएको भेलामा देशभरबाट एक हजार पाँस सय जना  प्रतिनिधि सहभागी भएका छन् ।

बैठकमा आज हिजो प्रस्ताव भएको विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरशिप एकेडेमी बारेमा छलफल हुँदैछ । आजै बेलुका सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र ठाउँ घोषणा गर्दै भेला आजै सकिनेछ ।