महोत्सबको तयारी : भक्तपुर आउने पर्यटकको गन्तब्य बन्ने मध्यपुर

२०८१ मङ्सिर २१ शुक्रबार १८:५३:०० मा प्रकाशित

भक्तपुर। मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले भक्तपुर आउने पर्यटकहरु मध्यपुरमा पस्ने र बस्ने वातावारण निर्माण गरिने बताएका छन्।

शुक्रबार नेपाल प्रेस सोसाइटीमा आयोजित “मध्यपुर महोत्सव २०८१ बारे नगरप्रमुख सुरेन्द्र श्रेष्ठसँगको अन्तरक्रिया कार्यक्रम” मा बोल्दै उनले भने , “मध्यपुर थिमी नगरपालिका काठमाडौं उपत्यकाको बिचमा रहेको नगरपालिका हो। यो मुर्त अमुर्त सम्पदाको धनि नगरपालिका हो। यो नगरमा हामीले अहिले आन्तरिक मात्र नभई ५ लाख बाह्या पर्यटक पनि भित्र्याउने लक्ष्य राखेका छौं। जसअनुसार हामीले तयारी पनि थालेका छौं। ” पुष १२, १३, र १४ गते आयोजना हुने मध्यपुर महोत्सव २०८१ लाई भव्य र सभ्य बनाउने योजना नगरपालिकाले अघि सारेको छ।

महोत्सवले सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्व झल्काउनेगरी विविध गतिविधि समेट्नेछ। मेयर श्रेष्ठका अनुसार, “महोत्सवमा स्थानीय कला, संस्कृति, परम्परा र व्यापारलाई प्रवर्द्धन गर्न विशेष कार्यक्रम हुनेछन्। यसले स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्नेछ।” उनले मध्यपुर महोत्सब मध्यपुर महोत्सबलाई भब्य र सभ्य बनाउने योजनालाई केन्द्रमा राखेर नगरपालिकाले बिभिन्न गतिबिधि गरिरहेको बताए।

महोत्सब पुष १२,१३ र १४ गते थिमिमा हुनेछ।

नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन सोसाइटीका महासचिव केशव लुइँटेलले गरेका थिए।