भ्यालेन्टाइन्स्मा पूजा र पदमको माया

२०८० फाल्गुण ३ बिहीबार ११:२६:०० मा प्रकाशित

 

भक्तपुर। स्वरूप राज आचार्य र अनु चौधरीको युगल आवाजमा सजिएको ‘माया’ युट्युबमार्फत सार्वजनिक भएको छ । युवा सङ्गीतकार किरण श्रेष्ठको सुमधुर सङ्गीतमा सजिएको ‘माया’ बोलको आधुनिक गीतमा गीतकार को शब्द रचना रहेको छ ।

 

प्रशिद्ध करियोग्रफर/म्यु्जिक भिडियो निर्देशक कविराज गहतराजको करियोग्रफी र निर्देशनसहित निर्मित म्युजिक भिडियोमा चर्चित अभिनेत्री पूजा शर्मा र गीतकार पदम लोहारको जीवन्त अभिनय रहेको छ ।

 

प्रशिद्ध सङ्गीत संयोजक एवम् सङ्गीतकार किरण कँडेलको सङ्गीत संयोजन र शम्भु तण्डुकारको मिक्सिङ मास्टरिङ रहेको सो गीतको म्युजिक भिडियोमा कविराज गहतराजको नै नृत्यनिर्देशन र गोपाल रायको चित्ताकर्षक सिनेम्याटोग्रफी रहेको छ ।

 

विजय बरालले अभिनय निर्देशन गरेको सो गीतमा नेपालको आकर्षक उच्च पहाडी र मनोरम हिमाली भेगको दृश्यावलोकन गर्न सकिन्छ ।

सत्य स्वरूप युट्युब च्यानलमा सार्वजनिक गीतमा समर्पित प्रेम प्रसङ्ग झल्काइएको छ ।

भिडियो हेर्नुहोस : 

https://youtu.be/CC3an8MslQ4