गोजीमा दाम नभएपछि मायाको अनिकाल
सुनाऊँ के हाल मैले बेहाल छ जिन्दगीमा
तिमीलाई मेरो दु:खै ख्याल ख्याल छ जिन्दगीमा
मलाई भने मायाको नै अनिकाल छ जिन्दगीमा
गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन बोलको गीत भायरल भएको चारपाँच वर्षपछि कवि, गीतकार एवम् उपन्यासकार हरिहर तिमिल्सिनाको अर्को गीत सार्वजनिक भएको छ । नोर्बु छिरिङ आपाको सुमधुर सङ्गीतमा "मायाको अनिकाल" बोलको गीतमा प्रशिद्ध गायक शिशिर योगीले आवाज भरेका छन् ।
सङ्गीतकार नोर्बु छिरिङले नै सङ्गीतसंयोजन गरेको सो गीतलाई श्यामश्वेत रसाइलीले मास्टरिङ मिक्सिङ गरेका हुन् ।
स्टुडियो भर्जन भिडियोमा गायक शिशिर योगी भिन्न रूपमा प्रस्तुत भएका छन् ।
शिशिर योगीको आफ्नै Shishir Yogi अफिसीयल युट्युब च्यानलमार्फत सार्कजनिक सो भिडियोको अडियो रेकर्डिङ प्रिज्मा डिजिटल स्टुडियोमा कमल थापाले गरेका हुन् ।