भक्तपुर नागरिक समाज गठन : संयोजकमा डा. घिमिरे

२०८० चैत १० शनिबार १२:५८:०० मा प्रकाशित

भक्तपुर । शुक्रबार भक्तपुरमा भएको एक भेलाले भक्तपुर नागरिक समाज गठन गरिएको छ । समाजको संयोजकमा डा जीवन घिमिरे चुनिएका छन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ६ निवासी हुन् । 

समाजको महासचिवमा रामकुमार खड्का र सचिवमा रामकृष्ण देउजा चुनिएका छन् । सदस्यमा कृष्ण पहरी चुनिएका छन् । सहसयोजक, कोषाध्यक्ष, सदस्यलगायतका अन्य पदाधिकारी पछिपछि बस्ने बैठकबाट थप्दै गएर विस्तार गरिने जनाइयो । 

समाजको सल्लाहकारहरुमा युवा नेता रामेश्वर बस्नेत, साजन विश्वकर्मा, गुण्डु इगलिश स्कुलका प्रिन्सिपल नवीन कार्की, हिमालयन वैंकका व्यवस्थापक सुनील सापकोटा, स्वतन्त्र पत्रकार कृष्ण किसी र समग्र अध्ययन अनुसन्धान केन्द्र सूर्यविनायक भक्तपुरका अध्यक्ष छन्दविज्ञान निरौला चुनिएका छन् । 

समाज विसुद्ध गैर राजनीतिक रहने जनाइएको छ । यसले सामाजिक कार्यहरु गर्न जनाइयो । यसै क्रममा शनिबार सूर्यविनायक चोक (सपना मेडिकल) बाट सरसफाई सुरु गरिने जनाइयो । 

ग्रेस एफएम सूर्यविनायक भक्तपुरका स्टेशन म्यानेजर केशव लुईटेलको संयोजकत्वमा भेला भएको हो । यसअघि पनि लुइँंटेलकै संयोजकत्वले सरसफाई अभियान चलाउँंदै आएका थियो । यही अभियानलाई अगाडि वढाउन शुक्रबार सूर्यविनायक रिसोर्ट चुनदेवी भक्तपुरमा साँंझ बसेको भेलाले औपचारिक रुपमा समाजको गठन गरेको हो । समाजले आगामी दिनहरुमा टाफिक सचेतना अभियान पनि चलाउने जनायो ।