तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मुल्य

२०८१ जेठ २१ सोमबार ११:२५:०० मा प्रकाशित

काठमाडौँ ।  नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको जानकारी गराएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ कायम हुँदा सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।