काठमाडौंसहितका सहरमा दलितलाई कोठा पाउन अझै गाह्रो छ : सांसद सिर्पाली

२०८१ असार १४ बिहीबार १६:१३:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद सुशीला सिर्पाली ठकुरीले काठमाडौंसहितका सहरमा दलितलाई कोठा पाउन अझै गाह्रो रहेको बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भनिन्, ‘…थर र वतनकै कारणले काठमाडौंमा जस्तै अन्य सहहरूमा दलितलाई कोठा पाउन गाह्रो भएको छ ।’

सांसद सिर्पालीले सामाजिक सांस्कृति रुपान्तरणका लागि विशेष अभियान चलाउन सरकारसँग आग्रह गरेकी छन् ।