बंगलादेशमा सत्ता परिवर्तनमा अमेरिकी सरकारको हात छैन, सबै अफवाह हो : अमेरिका

२०८१ श्रावण २९ मंगलबार १५:०२:०० मा प्रकाशित

अमेरिकाले बंगलादेशमा शेख हसिनाको सरकार ढाल्नुमा आफ्नो भूमिका रहेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ। अमेरिकाले यसलाई अफवाह भनेको छ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेले यसमा आफ्नो देश (अमेरिका) को कुनै संलग्नता नभएको प्रतिक्रिया दिएकी हुन्। 

उनले भनिन्, ‘हालैका घटना (बंगलादेशमा सत्ता परिवर्तन) मा अमेरिकी सरकारको हात छैन, सबै अफवाह हो।’ 

उनले थपिन्, ‘यो विकल्प बंगलादेशका नागरिक आफैँले रोजेका हुन्। बंगलादेशको भविष्य त्यहीँका जनताले निर्धारण गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ। हामीले यसो भनेका छौँ र भनिरहनेछौँ– कुनै पनि आरोपमा सत्यता छैन।’

अमेरिकाले बंगलादेशमा शेख हसिनाको सरकार ढाल्नुमा आफ्नो भूमिका रहेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ। अमेरिकाले यसलाई अफवाह भनेको छ। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेले यसमा आफ्नो देश (अमेरिका) को कुनै संलग्नता नभएको प्रतिक्रिया दिएकी हुन्। उनले भनिन्, ‘हालैका घटना (बंगलादेशमा सत्ता परिवर्तन) मा अमेरिकी सरकारको हात छैन, सबै अफवाह हो।’ उनले थपिन्, ‘यो विकल्प बंगलादेशका नागरिक आफैँले रोजेका हुन्। बंगलादेशको भविष्य त्यहीँका जनताले निर्धारण गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ। हामीले यसो भनेका छौँ र भनिरहनेछौँ– कुनै पनि आरोपमा सत्यता छैन।’ बंगलादेशका विद्यार्थीले स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिने गरिएको आरक्षणको विरोधमा केही महिनादेखि प्रदर्शन गरिरहेका थिए। जुन यति चर्कियो कि प्रधानमन्त्री शेख हसिना यही अगस्ट ५ मा देशै छाडेर भाग्न बाध्य भइन्। अहिले उनी भारतमा छिन्। हसिनाले देश छाडेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ।

बंगलादेशका विद्यार्थीले स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिने गरिएको आरक्षणको विरोधमा केही महिनादेखि प्रदर्शन गरिरहेका थिए। जुन यति चर्कियो कि प्रधानमन्त्री शेख हसिना यही अगस्ट ५ मा देशै छाडेर भाग्न बाध्य भइन्। अहिले उनी भारतमा छिन्। 

हसिनाले देश छाडेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ।