सांसद नेपालीको चेतावनी- दलितका कुरा नसुने जातीय र धार्मिक युद्ध हुन्छ

२०८१ श्रावण २९ मंगलबार १५:२७:०० मा प्रकाशित

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले माइतीघर मण्डलामा खगेन्द्र सुनवारले दलितको अधिकारबारे गरेको प्रदर्शनबारे प्रतिनिधि सभामा प्रश्न उठाएकी छन् । 

मंगलबारको बैठकमा उनले माइतीघर मण्डलामा खगेन्द्र सुनुवारले जीउमा साङ्लोले बाँधेर कालो प्ले कार्डसहित दलितलाई अधिकार खोजेर प्रश्न गरिरहेकाले सरकारले जवाफ दिन आनाकानी गरेको बताइन् । 

उनले यस्ता प्रश्नलाई सरकारले बेवास्ता गरे भोलि आदिवासी जनजाति मधेसी, मुस्लिम, चेपाङ लगायतले आफ्नो मुद्दाका लागि सडकमा उत्रिन सक्ने चेतावनीसमेत दिइन्।  

मन्त्रिपरिषद्‌ र राजनीतिक नियुक्तिमा उपेक्षा गरिएको भन्दै दलित समुदायका प्रतिनिधिहरूले माइतीघरमा शनिबारबाट प्रदर्शन गरिरहेका छन् । सरकारले दलित समुदायलाई महत्त्व नदिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।