सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो

२०८१ भदौ १९ बुधबार १५:४३:०० मा प्रकाशित

काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ ।

अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो ।

सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटे ।

बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ८.९, धौलागिरि लघुवित्तको ८.४, मानुषी लघुवित्तको ५.९ प्रतिशत मूल्य बढ्यो ।

गुडविल फाइनान्सको मूल्य ८.४ प्रतिशत घट्यो भने हिमालयन पावर पार्टनरको ७.६, सुपरमाइ हाइड्रोपावरको ७.४, तारागाउँ रिजेन्सीको ६.९, सेन्ट्रल फाइनान्सको ६.५, स्वाबलम्बन लघुवित्तको ६.२ तथा बेस्ट फाइनान्सको मूल्य ६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।