जेलेन्स्कीको टिप्पणीले युक्रेनसँग रिसायो भारत

२०८१ श्रावण २ बुधबार १५:५८:०० मा प्रकाशित

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको रुस भ्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टिप्पणी गरेका छन् । उनको टिप्पणीका कारण भारतले युक्रेनका राजदूतलाई मंगलबार विदेश मन्त्रालयमा बोलाएर बयान लिएको छ । 

मोदीले हालै रुस भ्रमणको क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनसँग अंकमाल गरेको प्रसंगमा टिप्पणी गरेका थिए । जेलेन्स्कीले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रले विश्वकै कुख्यात मस्कोको अपराधीलाई अंकमाल गरेको टिप्पणी गरेका थिए ।

राजदूतलाई बोलाएर भारतले सो भनाइप्रति असन्तुष्टि जाहेर गरेको जनाइएको छ । यसैबाट असन्तुष्ट भएको भारतले युक्रेनसँग तय भएको संस्कृतिसम्बन्धी संयुक्त वर्किङ ग्रुपको बैठक पनि रद्द गरेको जनाइएको छ ।