टेकु अस्पतालबाट भागेका दुई युवकमा हैजा पुष्टि

२०८१ श्रावण १० बिहीबार १५:५२:०० मा प्रकाशित

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले हैजा आशंका लागेर परीक्षणमा गरिएको दुई जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु तीन युवकलाई ल्याइएको थियो ।

गृहका २१, २८ र ५५ वर्षका पुरुषलाई वार्डमा भर्ना गरिएको थियो । उनीहरु अस्पतालको शौचालयको झ्यालबाट भागेका थिए ।